Kath khabar
हत्या गरेको अभियोगमा पक्राउ


                  बर्दिया, असोज २ । बारबर्दिया नगरपालिका–५ तर्कापुर बस्ने ३९ वर्षीया मिना थारूको हत्या गरेको अभियोगमा सोही नगरपालिका–११ जब्दी बस्ने ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।

शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मिनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका–५ सिटिबरेलीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update