Kath khabar
हङकङका व्यक्तिलाई ‘देशद्रोही’ टी-शर्ट लगाएको आरोपमा १४ महिनाको सजाय


                       हङकङ,  असोज ३ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी-सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत देशद्रोही भएको भन्दै बिहीबार १४ महिनाको जेल सजाय सुनाइएको छ।

२७ वर्षीया चु काई-पोङले सोमबार “देशद्रोही उद्देश्यका साथ काम गरेको“ भन्दै दोषी ठहर गरिएको हो । उहाँलाई सन् २०१९ मा सहरको विशाल र हिंसात्मक प्रजातन्त्र समर्थक विरोध प्रदर्शनसँग सम्बन्धित मिति जुन १२ मा विरोधी वाक्यांश भएको टी-शर्ट र मास्क लगाएको आरोपमा पक्राउ गरिएको थियो।

राष्ट्रिय सुरक्षा मुद्दाहरूको सुनुवाइका लागि सरकारले चयन गरेको मुख्य मजिस्ट्रेट भिक्टर सो ले बिहीबार अदालतले अपराधको गम्भीरतामा व्यवस्थापिकाको दृष्टिकोणलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्नुपर्ने बताउनुभयो ।
 
“अभियुक्तले देशमा अशान्तिलाई पुनः स्थापित गर्ने उद्देश्यले प्रतीकात्मक दिनको फाइदा उठाउनुभयो”, सन् २०१९ को विरोधलाई उल्लेख गर्दै सोले भन्नुभयो । बिहीबार एउटा छुट्टै मुद्दामा सोही मजिस्ट्रेटले सार्वजनिक बसको सिटमा विरोध नारा लेखेकोमा देशद्रोही दोषी ठहर गरेपछि एकजनालाई १०  महिनाको जेल सजाय सुनाइयो ।

२९ वर्षीय चुङ मान-किटलाई जुनमा पक्राउ गरिएको थियो र उहाँले प्रहरी समक्ष बसमा विरोधी नारा लेखेको स्वीकार गर्नुभएको थियो ।  देशद्रोही अपराध ब्रिटिस औपनिवेशिक शासन अन्तर्गत सिर्जना गरिएको थियो जुन सन् १९९७ मा समाप्त भयो ।  हङकङका अधिकारीहरूले सन् २०२० मा विरोध प्रदर्शनपछि यसलाई पुनर्जीवित नगरेसम्म यो कानुनलाई विरलै प्रयोग गरिएको थियो ।

बेइजिङले सन् २०२० मा सरकारप्रतिको असहमति रोक्नका लागि सहरमा राष्ट्रिय सुरक्षा कानून लागु गर्यो र मार्चमा ‘धारा २३’ लागु गरियो । नयाँ सुरक्षा कानूनले अपराधका अन्य पाँच श्रेणीहरूलाई पनि सजाय दिन्छः राजद्रोह, विद्रोह, तोडफोड, जासुसी र बाह्य हस्तक्षेप।

यस महिनासम्म, दुई सुरक्षा कानुनअन्तर्गत तीन सय ३  जनालाई पक्राउ गरिएको छ, जसमा १७६ जना विरुद्ध मुद्दा चलाइएको छ भने १६० जनालाई दोषी ठहर गरिएको छ ।

---

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update