Kath khabar
‘आठौं संस्करणको कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ असोज १२ गते हुने


                      काठमाडौं, असोज ३ ।  हिन्दुहरुको महान चाड वडादशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करण यही असोज १२ गते शनिबार हुने भएको छ । 

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको सो दौड आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले नगरस्तरीय दौडको रुपमा स्थापित गराउन आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण भएको छ । 

उज्ज्वल तारा स्कुल परिसर, सनसिटी, काँडाघारीबाट शुरु भई सोही स्थानमा समापन हुने सो दौड विगत ७ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ । ५ किलोमिटर दुरीको दौडको तयारीबारे जानकारी दिँदै आयोजक उज्ज्वल तारा स्कुलका संस्थापक सल्लाहकार एवम् दौडका संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले उज्ज्वल तारा स्कुलले शुरु गरेको यो दौडलाई नगर, जिल्ला, प्रदेश हुँदै देशव्यापी बनाउने स्कुलको लक्ष्यलाई कागेश्वरी मनोहरा नगरपालिकाले सुरुवात गरेको बताए । 

गत वर्षसम्म ७ वटा विधा रहेको प्रतियोगितामा यसपालि विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीहरु समेतले भाग लिन पाउने गरि यसपटक ९ वटा विधा बनाइएको पनि महासेनानी कार्कीले बताए । उनका अनुसार प्रतियोगितामा ८ र ९ कक्षाको छात्र/छात्रा विधा, खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर सujwal-2-1726745251.jpg
मूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा गरि ९ वटा विधा रहने छ । 

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रको साथै पोखरा, नगरकोट र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए । 

उनका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको दौडको तयारी बारेको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि, नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update