Kath khabar
पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

 

                       काठमाडौं, असोज १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

नियन्त्रित लागुऔषध बिक्री वितरण गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् । कास्की जिल्ला अदालतले बुधबार उनलाई रिहा गर्न आदेश दिएको थियो ।

श्रेष्ठमाथि डाक्टरको प्रेस्किप्सन बिना आफ्नो फार्मेसीबाट साइकोट्रोपिक औषधी बेचेको आरोप थियो । कास्की प्रहरीले श्रेष्ठलाई भदौ २७ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update