काठमाडौं, असोज १० । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार ३२ दशमलव ८१ अंकले घटेर २४ सय ८६ दशमलव ७६ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३४ अंकले ओरालो लागेर चार सय ४७ दशमलव ४५ अंकमा सिमित भएको छ ।
नेप्सेमा आाज तीन सय ३२ वटा कम्पनीहरुको ६५ हजार दुई सय ५८ पटकको कारोबारमा एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये आज उत्पादनमूलक र व्यापार समुहको सूचक बढेपनि वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेर रातै भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैंकको ऋणपत्र आदिले बढी कमाएका छन् भने ग्रिन भेञ्चर लिमिटेड, अपर स्याङगे हाईड्रो पावर लिमिटेड आदिले बढी गुमाएका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने अपि पावर लिमिटेड, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् ।