Kath khabar
फोन लोनसँगको सहकार्यमा हाम्रो बजारले सुरु गर्‍यो बाइ नाउ, पे लेटर


                  काठमाडौ, असोज १० । नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोन लोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको छ । फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ ।

अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् । हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले छ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । नौं देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिना नै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन् ।

आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् । ’हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन, यो नेपाली उपभोक्ताहरुका लागि इ–कमर्समा गेमचेन्जर फिचर हो । हाम्रो बजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनाव विना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं । यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,’ फोन लोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने ।

फोनलोनको बारेमा
फोन लोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्यम हो । यसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल, धितो विनै ऋण उपलब्ध गराउँछ। जसका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिरहेको छ।

हाम्रो बजारको बारेमा
हाम्रो बजार नेपालको सबैभन्दा ठूलो मार्केट प्लेस हो । हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन्। भरपर्दो प्लाटफर्मकोरुपमा हाम्रोबजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताहरुको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update