काठमाडौं, असोज १६ । गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबिच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग \ सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ/संगठनका पदाधीकारीहरुबिच विपदमा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।
“विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ ।” बरिष्ठ उपाध्यक्ष सिटौला भन्नुभयो–“ बीपीराजमार्ग अन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।”
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताउनुभयो ।
“अवरुद्ध यातायात सञ्चालदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो ।” उहाँलेले भन्नुभयो–“ हामीले सवारीचेकँजाच लगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौं ।”
मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताउनुभयो ।
“पृथ्वी राजमार्गको झ्याप्ले लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ ।” उहाँले भन्नुभयो–“ चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौं ।”