Kath khabar
विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता


                   काठमाडौं, असोज १६ । पछिल्लो विपदबाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
 
हालसम्म विपदबाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
 
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
–––

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update