Kath khabar
स्प्राइटको नयाँ अभियानले नेपाली युवाहरूलाई रिसेट र रिफ्रेस गर्न प्रोत्साहित

काठमाडौं, साउन ७ । कोका-कोलाको लोकप्रिय लेमन-लाइमपेय पदार्थ स्प्राइटले “क्लीयर रह” शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।

यो अभियान जेनरेशनजेड ग्रुपका युवाहरुको लागि लक्षित गरिएको हो जसले सबै कुराहरु खुला र पारदर्शी (कहिलेकाही चुनौतीपूर्ण भूमिका, परम्परा र सम्मेलनहरु लगायत सबै कुराहरु जो आफ्नो पुस्ता भन्दा बाहिरका मानिसहरुलाइ पूर्ण रुपमा नबुझ्ने कुराहरु) रुपमा लिन्छन् । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्दछ । त्यसैले उहाँहरू सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन् ।

कोका-कोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो ,“हामी नेपाली युवाहरुलाई जोड्ने मुख्य विशेषताहरु इन्डीभिजुआलिटी र सेल्फ एक्सप्रेशन रहेको कुरा बुझ्दछौँ र एक आइकोनिक युवा ब्रान्डर रिफ्रेसिंग टेस्ट प्रदान गर्ने स्प्राइटमा यी सबै गुणहरु समाहित रहेको छ । यी अभियानको माध्यमबाट हामी युवाहरुलाई रिफ्रेस, रिसेट र फोकस रहन र आफूहरुलाई वास्तवमै महत्वपूर्ण के हो त्यसमा केन्द्रित गर्न प्रोत्साहित गर्ने लक्ष्य राख्दछौँ ।”

यस अभियानको नयाँ टिभिसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल के.सी छायांकित हुनुहुन्छ, जसमा उहाँ लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्कदै गरेको देखिन्छ । यद्यपी उहाँको बुबाले भने उआँलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्नुहुन्छ । उहाँले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिनुहुन्छ र तुरुन्तै उहाँ रिफ्रेस हुनुहुन्छ । आफ्नो बाबुले भन्नुभएको सबै कुराहरुलाई मध्यनजर गर्दै उहाँले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्नुहुन्छ र त्यसपछि उहाँले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिंगमा आफ्नो समय बिताउनुहुन्छ ।

“क्लियर रह” अभियान स्प्राइटको विश्वव्यापी अभियान “लेट्स बि क्लियर” को एक हिस्सा हो जुन नेपालका युवाहरुमा स्थानियकरण गरिएको छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुयो ,“स्प्राइट व्यस्त दिनहरुको लागि अल्टिमेट रिफ्रेसिंग ड्रिंंक हो र हामी उपभोक्ताहरुलाई रिसेट गराई उहाँको लागि र उहाँहरुको माइन्डसेटलाई रिफ्रेस गराउनको लागि प्रस्ताव राख्दछौँ । हामी आशा गर्दछौँ कि हाम्रा सम्पूर्ण ग्राहकहरुले यस अभियानसँग सहकार्य गर्नेछन् र आ-आफ्नो रायमा सत्य र पारदर्शी रहन प्रेरित हुनेछन् ।”

टिभिसी लिंकः https://www.youtube.com/watch?v=QN-4B747Vhc

 

 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update