Kath khabar
ललितपुरको कुपण्डोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु

 

                    ललितपुर, असोज १८ । ललितपुरको कुपण्डोलस्थित हनुमानस्थान सडकमा बा.८७ प ९१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर महानगरपालिका लगनखेल बस्ने ३१ वर्षीय ऋषी कुमार पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सुमेरूसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डबी अस्पताल पठाइएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update