Kath khabar

            नवलपरासी, असोज १८ । पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनुभयो ।

सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
–––

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update