Kath khabar
बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

                  काठमाडौं, असोज १९ । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।
 
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।
___

 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update