काठमाडौं, साउन ७ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपलमा पछिल्लो २४ घण्टामा थप दुुई हजार सात सय १४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल १२ हजार आठ सय २९ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो संगै नेपालमा कोभिड संक्रमणकारण मृत्यु हुनेहरुको कुुल संख्या नौ हजार छ सय ६१ पुुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार दुुई सय ८८ जना संक्रमणमुक्त भएकाछन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप छ सय ९७ जनाको कोभिड १९ को पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा पाँच सय ३६, ललितपुर जिल्लामा एक सय ३० र भक्तपुर जिल्लामा ८५ जना संक्रमितहरु भेटिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो समेत गरी काठमाडौं उपत्याकमा सक्रिय संक्रमितहरुको कुल संख्या सात हजार नौ सय १२ रहेको छ ।