Kath khabar
यी कारणले रियलमीको वाच ‘एस’ तपाईको फोनको लागि उत्कृष्ट साथी

काठमाडौं, साउन ७ । विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ । यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो । ३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन प्रस्तुत गरी पाँचतहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ । यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्ड सेटिङ्ग स्मार्ट घडीकोरुपमा यसले आफ्नो उपस्थितिज नाएको छ । नेपाली बजारमा यसको मूल्यरु ९,९९९ निर्धारण गरिएको छ ।

स्वचालित ब्राइटनेस स्क्रिन र प्रिमियम बनावट
रियलमी वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिन सहित रगिंन ३६० ह ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथ उपलब्ध छ जुन भरपर्दो हुनुका साथै जीवन्त दृश्य प्रदायक छ । यसको प्रतिक्रियाशिल टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्ने खुबी यसमा छ । यसको आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ प्रतिसत सम्म उच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामा थप मनमोहक तुल्याएको छ ।

रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ, यसको मतलव के हो भने एकदमै उज्यालो हुने मध्यान्हको समयमा पनि स्पष्टरुपमा घडी हेर्न सकिन्छ । १००+ स्टेलिश वाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसंगको सहकार्यमा रियलमीवाच एस को ट्रेंडि डायलहरु डिजाईन गरिएको छ । रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ। रियलमी वाच एसको बडी ६०६३ अलुमिनियम अलोय बाट बनेको छ जसले गर्दा घडी बढी मजबूत र कम तौलको रहेकोछ । यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ जुन टिकाउ, नरम र स्कीन-फ्रेन्ड्ली रहन्छ । कालो, निलो, हरियो र सुन्तला रंग मायसको स्ट्रापहरु उपलब्ध छन । २.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।

२४/७ स्वास्थ्य सहायक
स्वास्थ्य सहायकको रुपमा रियलमी वाच ‘एस’ स्मार्टघडी उच्चसटिक पिपिजी अप्टिकल हृदय दर सेन्सरद्वारा निर्मित छ जसले २४÷७ तपाईँको हृदयको गतिमापन गरिरहेको हुन्छ । यसैगरी रियलमी वाच‘एस’ स्मार्ट घडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । तपाईँको हृदयको गतिदर उच्च वा न्यून भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त-अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमा जानकारी लगायत दिने काम गर्छ । 

एआईओटी स्मार्ट हब तथा तपाईँको स्मार्टफोनको उत्तम सारथी
रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रुपमात पाईँको फोन अनलकगर्न सकिन्छ, जुन छिटो र सुविधा सम्पन्न छ । मानिसहरुले आजकल मास्क लगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधा सम्पन्न छ । संगीत सुन्न पर्‍यो अथवा फोनको क्यामेरा अन गर्न पर्‍यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा यसले दिएको छ । 

महत्वपूर्ण कुरा के छ भने रियलमी एआईओटी रणनीतिक अंशकोरुपमा कम्पनीले यसको निर्माण गरकोेले र यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादन मध्ये एक हो । नयाँ ओटीए अपडेटका कारण यो घडीलाई अन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ ।

‘विश्वमा तीव्ररुपमा विस्तार हुँदै गएको एआईओटी ब्राण्ड’ लक्ष्य अनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले युएनआई स्मार्ट एआइओटी उत्पादनलाई रियलमी सँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमा तपाईँले प्रयोग गरेका मध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको अनुभूति प्रदान गर्ने गरी कम्पनीले काम गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update