Kath khabar
"बेहुली फ्रम मेघौली" का दृष्यहरू सामाजिक सञ्जालमा अपलोड गर्नेहरुको अकाउन्ट बन्द हुने !

                 

                    काठमाडौं, असोज २१ । गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म "बेहुली फ्रम मेघौली" का दृष्यहरू टिकटकलगायतका सामाजिक सञ्जालहरुमा पाइरेसी भएपछि निर्माता निश्चल बस्नेतले साइबर ब्युरोमा उजुरी दिएका छन् ।

निर्माता बस्नेतले चलचित्रका दृश्यहरू खिचेर अनधिकृत रूपमा सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम र टिट्वरहरुमा अपलोड गरेकाहरु सबैको एकाउन्ट बन्द हुने चेतावनी दिएका छन् । यसकाे लागि कानुनी प्रक्रिया अघि बढिसकेको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यसअघि एक सूचना जारी गर्दै चलचित्र विकास बोर्डले पनि यस्तो गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । यस्तो गर्नेहरुको उपकरण जफत गरी दण्ड, जरिवाना तथा क्षतिपूर्ति तिराउने पनि बोर्डले सूचनामा जनाएको छ ।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय र लगानी रहेको यस फिल्ममा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का आदिको अभिनय रहेको छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update