Kath khabar
स्रोत नखुलेको रकम सहित काठमाडौंबाट दुई जना पक्राउ

                   काठमाडौं, असोज २१ । स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका–२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलको १५ लाख रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा साबित्री विगत १ वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाई सुरेशको साथबाट थप चार लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update