Kath khabar
नेप्से राताम्मै

                    काठमाडौं, असोज २२ ।  नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार २७ दशमलव ३९ अंकले घटेर २६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव ५५ अंकले घटेर चार सय ८० दशमलव २३ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय वटा कम्पनीहरुको ४५ हजार आठ सय ७० पटकको कारोबारमा एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम रकम चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामूहिक लगानी कोष समुहको सूचक स्थिर रहेको छ भने बाँकी समुहहरुको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७१ अंकले घट्दा जलविद्युत समुहको सूचक पनि ३२ दशमलव ४० अंकले घटेको छ । जीवन बीमा समुहको सूचक पनि एक सय ४१ दशमलव ७९ अंकले घट्दा निर्जीवन बीमा समुहको सूचक पनि एक सय ९० दशमलव ६६ अंकले घटेको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मिड सोलु हाईड्रोपावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने इष्टर्न हाइड्रोपावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड आदि परेका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update