राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं, असोज २२ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।
–––
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय