Kath khabar
मौसम विभागले जारी गर्‍यो दशैं विशेष मौसम बुलेटिन, दशैमा कस्तो रहनेछ मौसम ?

 

                  काठमाडौं, असोज २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंको लागि विशेष बुलेटिन जारी गरेको छ । दशैमा चार प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस वर्ष दशैको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update