Kath khabar
वन डाइरेक्शन व्याण्डका पूर्व सदस्य लियाम पेनको निधन

 

                 काठमाडौं, कात्तिक १ । हलिउडका चर्चित गायक तथा वन डाइरेक्शन व्याण्डका पूर्व सदस्य लियाम पेनको निधन भएको छ । अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा रहेको होटलको तेस्रो तल्लाबाट खसेर उनको मृत्यु भएको बताइएको छ । उनी जम्मा ३१ वर्षका थिए।

गायकको मृत्यु दुर्घटना हो वा षड्यन्त्र हो भन्नेबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले लियाम पेनले लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको बताइएको छ।स्थानीय समय अनुसार बेलुकी ५ बजेपछि उनी होटलको लबीमा ‘अनियमित’ व्यवहार गरिरहेको देखिएको रिपोर्टमा उल्लेख छ ।

लियाम अर्जेन्टिनामा एकल कन्सर्ट गरिरहेका आफ्ना साथी वन डाइरेक्शनका गायक नियाल होरानलाई समर्थन गर्नका लागि गएका थिए। लियाम पेनले ह्यारी स्टाइल्स, जेन मलिक, लुइस टमलिन्सन र नियाल होरानसँग प्रख्यात ब्वाईब्यान्ड वन डाइरेक्शन गठन गरे। यस ब्यान्डका कारण लियामले अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चा कमाएका थिए । उनले आफ्नो मृत्युको केही घण्टा अगाडि प्रेमिका केट क्यासिडीसँगको केही तस्विर पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update