Kath khabar
ऐतिहासिक सांगीतिक कार्यक्रम आयोजना गर्दै पर्यटन प्रवर्द्धन संघ


                    काठमाडौं, कात्तिक १ । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघले यहि कार्तिक ३ गते (१९ अक्टोबर २०२४) को दिन ऐतिहासिक सांगीतिक कार्यक्रम आयोजना गर्दैछ ।

विश्व पर्यटन दिवस २०२४ को उपलक्ष्यमा 'पर्यटक र शान्ति' भन्ने मूल नाराका साथ नेपालको परम्परागत सांस्कृतिक सम्पदाको मनमोहक लय र धुनलाई जीवन्त पार्ने उद्धेश्यले संघले काठमाडौंको मुटुमा अवस्थित बसन्तपुर दरबार स्क्वायरमा भव्य ऐतिहासिक सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा हुन लागेको कार्यक्रमका मुख्य आकर्षणको रुपमा स्थानीय बाजा समुहको सक्रियतामा एक हजार कलाकारद्वारा मास धिमे प्रदर्शन, १२५ कलाकारद्वारा फ्यूजन अर्केस्ट्रेट (कुटुम्ब व्याण्ड, पुलिस व्याण्ड, स्थानीय बाजा खल) सहित लाइभ नक्काशी प्रदर्शन, ह्याण्डीक्राफ्ट स्टल तथा फूड स्टलहरू र विभिन्न सांस्कृतिक गतिविधिहरू हुनेछन् । कार्यक्रम बिहान ८ बजे देखि बेलुकी १० बजेसम्म चल्नेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update