Kath khabar
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द
File Photo


                 मकवानपुर, कात्तिक २ । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्याम अर्यालले बताउनुभयो ।

दुवै सडकको  वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ- हेटौँडा-ठिङ्गन-काठमाडौँ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
---

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update