Kath khabar
स्रोत नखुलेको रकम सहित भक्तपुर राधेराधेबाट एक पक्राउ


                 भक्तपुर, कात्तिक २ । मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड पाँच थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड पाँच थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update