Kath khabar
सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै अमेरिका प्रस्थान गर्ने

 

                    काठमाडौं, कात्तिक २ । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । भिसा पाएसँगै लामिछाने आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाली क्रिकेट टोलीमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् ।

क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् । यसअघि अमेरिकामा नै भएको आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक शृङ्खला यही कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा आयोजना हुँदैछ । शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

यी खेलहरूको लागि टोलीमा लामिछानेको समावेश नेपालको सम्भावनाको लागि महत्वपूर्ण हुनेछ, किनकि स्पिन बलिङमा उनको सीप विगतका अन्तर्राष्ट्रिय खेलहरूमा खेल परिवर्तन गर्ने साबित भएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update