Kath khabar
दाङमा कुवामा डुबेर एकजनाको मृत्यु


                 तुलसीपुर, कात्तिक ४ । कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।  
---

 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update