Kath khabar
अवैध लागूऔषध सहित भक्तपुरबाट ६ जना पक्राउ


                    काठमाडौं, कात्तिक ५ । अवैध लागूऔषध सहित भक्तपुरबाट ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध (गाँजा १ किलोग्राम ९ सय ८० ग्राम ) सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका–६ घर भएका २४ वर्षीय सुरेन्द्र तामाङ समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update