Kath khabar
हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ  सडक  खुल्यो


                 बागमती, कात्तिक ५ । हेटौँडा-काठमाडौँलाई जोड्ने हेटौँडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौँ सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
 
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि  एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
---

---

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update