Kath khabar
'विश्व पर्यटन दिवस २०२४' को अवसरमा वसन्तपुरमा एक हजार कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति


                 काठमाडौं, कात्तिक ५ । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघले यहि कार्तिक ३ गते शनिबार बसन्तपुर दरबार स्क्वायरमा ऐतिहासिक सांगीतिक कार्यक्रम आयोजना गरेको छ  ।

'विश्व पर्यटन दिवस २०२४' को अवसरमा 'पर्यटक र शान्ति' भन्ने मूल नाराका साथ नेपालको परम्परागत सांस्कृतिक सम्पदाको मनमोहक लय र धुनलाई जीवन्त पार्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १ हजार कलाकारहरुको संयुक्त प्रस्तुतिमा धिमे बादन र नृत्य प्रस्तुत गरिएको थियो, जसमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए।

यस्तै, कार्यक्रममा १२५ जना कलाकारहरुद्धारा फ्युजन अर्केष्ट्रा प्रस्तुत गरिएको थियो । स्थानीय खलपुचःका बाद्यबादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी व्याण्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब व्याण्ड, भ्याइलिन समूहसँगै पहिलो पटक दबदब समूहको अर्केष्ट्रामा बादन प्रस्तुत भएको थियो । बादनमा चर्या नृत्य, मयुर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए ।  परम्परागत पोशाकमा सजिएका नर्तकहरूले आफ्नो जीवन्त र उत्साहजनक प्रस्तुतिमार्फत दर्शकहरूलाई मोहित पारेका थिए।

कार्यक्रममा वसन्तपुर घुम्न आउने पर्यटकलाई वग्गीमा राखेर घुमाइएको थियो भने कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रुपमा आसन ग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा भएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै ह्याण्डीक्राफ्ट तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरु राखिएका थिए ।

WhatsApp-Image-2024-10-21-at-11.42.42(1)-1729501756.jpeg
WhatsApp-Image-2024-10-21-at-11.42.43-1729501731.jpeg
WhatsApp-Image-2024-10-21-at-11.42.39-1729501721.jpeg
WhatsApp-Image-2024-10-21-at-11.42.41-1729501732.jpeg
WhatsApp-Image-2024-10-21-at-11.42.40-1729501746.jpeg
 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update