Kath khabar
बाढी पहिरोपीडितलाई सरकारद्धारा पाँच करोड आर्थिक सहयोग

    
                     काठमाडौं, कात्तिक ६ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ ।
–––

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update