काठमाडौं, कात्तिक ८ । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।
दुवै जनामाथि थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीले जानकारी दिए ।
यसअघि कास्कीका मुख्य सरकारी वकिल कमला काफ्लेले कार्यालयमा लामिछानेले बयान दिएका थिए । बयानका क्रममा लामिछानेले सूर्य दर्शन सहकारीबाट कुनै ऋण लिएको दाबी गर्दै सहकारीको कागजातमा लेखिएको नाम आफ्नो नरहेको स्पष्ट पारेका थिए ।
सहकारीको रकम अपचलन गरेको अभियोगमा रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।