Kath khabar
कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

                      काठमाडौं, कात्तिक ९ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ ।

कोशी प्रदेश  र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा  आंशिक देखि साधारणतया  बदली रहि देशका बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।

दिउँसो  कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेश लगायत  कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update