Kath khabar
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि छानबिन हुने


                काठमाडौं, कात्तिक ९ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित पूर्व नायव महानिरीक्षक छविलाल जोशीलाई पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिने भएको छ ।

संगठित रुपमा सहकारी ठगी आरोपमा पक्राउ परि हाल कास्की प्रहरीको कारागारमा रहेका उनीहरुलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढाउन अदालतले बिहीबार अनुमति दिएपछि लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने भएको हो ।

यस्तै, सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीसहित १२ जनाविरुद्ध बुटवलमा पनि पक्राउ पुर्जी जारी भएको छ । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम हिनाािना गरेको आरोपमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update