मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई ल्याइएको करिब २१ किलो अवैध चाँदी सहित दुईजना पक्राउ
बारा, कात्तिक ९ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका–८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरीले ना.५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोषलाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको हो ।
उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको खुल्न आएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय