काठमाडौं, कात्तिक १२ । हिन्दु पंचांग अनुसार कार्तिकमा तिहार मनाइन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार हो । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्दछ । यो पर्वलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसपालि भाइटिका कार्तिक १८ गतेको दिन परेको छ।
भाइटिकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू र आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ। दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ।
यस विशेष दिनलाई अझै विशेष बनाउनको लागि दिदीबहिनीले दाजुभाईलाई उपहार दिने गर्दछन् । वास्तुशास्त्रका अनुसार दिपावलीमा केही चीजहरू उपहार स्वरूप दिनु हुँदैन । यस्ता चिजहरु उपहार दिँदा मानिसले धेरै समस्या र आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । ति चिज हुन् :-
१) घडी
दिपावलीको अवसरमा धेरैले घडी उपहार स्वरुप दिने गर्छन् । वास्तुशास्त्रका अनुसार गल्तिले पनि घडी उपहारमा दिनु हुँदैन । यसले जीवनमा नकारात्मकता ल्याउन सक्छ र काममा बाधा आउन सक्छ ।
२) अत्तर
वास्तुशास्त्र अनुसार कुनै पनि उपहारमा अत्तर दिनु हुँदैन । यस कारणले तपाईको जीवनमा सकारात्मकता हराउन सक्छ र तपाईले नकारात्मकताको सामना गर्नुपर्ने हुन सक्छ।
३) तौलिया
धेरै मानिसहरू तौलिया उपहारको रूपमा दिने सोच्छन् । वास्तुशास्त्र अनुसार तौलिया उपहार स्वरुप दिनु अशुभ मानिन्छ । यसले सम्बन्ध बिगार्न सक्छ र झगडा बढाउन सक्छ । मनमुटावको स्थिति पनि आउन सक्छ।
४) कालो रङको कपडा
दिपावलीलाई उज्यालोको पर्व मानिन्छ । साथै, वास्तुशास्त्रमा कालो रंगलाई नकारात्मकताको प्रतीक मानिन्छ। यसकारण कसैलाई कालो रंगको कपडा वा चीजहरू उपहार नदिनुहोस् । यसले जीवनमा नकारात्मकता ल्याउन सक्छ।
५) धारिलो वस्तुहरू
वास्तुशास्त्र अनुसार दिपावलीको उपहारमा कैंची, चक्कु जस्ता धारिलो वस्तु कसैलाई नदिनुहोस् । यसलाई अशुभ मानिन्छ ।
कस्ता उपहार दिने ?
वास्तुशास्त्रका अनुसार दिपावलीमा मिठाई, कपडा, सजावटका सामान, भाँडाकुँडा, ड्राई फ्रुट्स उपहार स्वरुप दिन सकिन्छ । यी शुभ मानिन्छन् ।