Kath khabar


               काठमाडौं, कात्तिक १३ । काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित सुर्य कुमार बरालको घरमा काम गरी बस्ने कैलाली भजनी नगरपालिका–४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

उक्त घरमा झिलिमिली बत्तिले घर सजाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update