काठमाडौं, कात्तिक १४ । ज्योतिष शास्त्र अनुसार दक्षिण दिशाको स्वामी यमराज हो । धनतेरसको साँझ यमराजको पूजा गर्नाले अकाल मृत्युबाट बच्न सकिन्छ र परिवारको रक्षा हुन्छ भन्ने विश्वास छ । यो दीप प्रज्वलन गर्नाले भगवान यमराज प्रसन्न भई घरमा सुख, शान्ति र स्वस्थ रहने जनविश्वास छ ।
सबैभन्दा पहिले माटोको चारमुखे पाला लिनुहोस् । चारमुखे दियो नभएमा साधारण दियोमा चारतिर बत्ति राखेर यमको दियो बाल्न सकिन्छ । यी चार बत्तीहरू यसरी राख्नुहोस् कि तिनीहरूले चारै दिशामा देखाउँछन् ।
त्यस दियोलाई तोरीको तेलले भर्नुहोस् । यो दियो पूजास्थलमा राखेर प्रदोषको समयमा साँझमा जलाउनुहोस् । यसपछि यो दियो घरको चारैतिर घुमाउनुहोस् र अन्त्यमा घरको बाहिर दक्षिण दिशामा राख्नुहोस् । दियो मुनि केही अन्न राख्नु शुभ मानिन्छ । दीप प्रज्वलन गर्दा यमराजको स्मरण गरी घरपरिवारका सबै सदस्यको अकाल मृत्युबाट रक्षा गरून् र सबैलाई स्वस्थ राखोन् भनी प्रार्थना गर्नुहोस् ।
दीप प्रज्वलन गर्दा पितृबाट परिवारको रक्षाको लागि भगवान यमसँग प्रार्थना गर्ने गरेको पनि पौराणिक मान्यता रहेको छ । यसो गर्दा परिवारमा अकाल मृत्युको डर कम हुन्छ । यो बत्ती घरबाहिर बालिन्छ । यसको पछाडि पौराणिक मान्यता पनि छ । यो दीप पितृहरू र मृत्युका देवता यमदेवताका लागि बाल्ने भएकाले घरबाहिर जलाउने गरिन्छ।