Kath khabar
पोखरामा रास्वपाको विरोध प्रदर्शन, निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीद्धारा अश्रुग्यास प्रहार

                   कास्की, कात्तिक २० । पोखरामा रास्वपाले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोकिएको स्थानमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग कार्यकर्ताको झडप भएको थियो, त्यसपछि भिँडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

सभापति रवि लामिछाने पक्राउ परेदेखि रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ ।  म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको लामिछानेको मुद्धाको बहस न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भइरहेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update