Kath khabar
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

             कास्की, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप १० दिनको म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि अदालत उपस्थित गराईको थियो  ।

लामिछानेलाई आज तेस्रो पटक म्याद थप गरिएको हो । यसअघि यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update