काठमाडौं, साउन ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार एक सय १४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुबाट कुुल १४ हजार नौ सय १० वटा स्वाब परिक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट नेपालमा थप १६ जनाको भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोभिड १९ का कारण मृत्युु हुुनेहरुको कुुल संख्या नौ हजार छ सय ९५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर दुई हजार एक सय ९७ जना संक्रमणमुक्त भएकाछन् । मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोनामुक्त हुनेहरुको कुुल संख्या छ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । हाल देशभर २७ हजार सात सय ५७ जना सक्रिय संक्रमितहरु रहेकाछन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप छ सय १५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौ जिल्लामा मात्र चार सय २१ जना संक्रमित भेटिएकाछन भने ललितपुर र भक्तपुरमा क्रमश एक सय आठ र ८६ जना संक्रमितहरु भेटिएकाछन् ।