एकैचोटी चार हजार रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेसँगै नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार दिन हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी मूल्य आज प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय