Kath khabar
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि अदालत लगियो


                काठमाडौं, कात्तिक २५ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज चौथोपटक अदालतमा उपस्थित गराइएको छ ।

तेस्रो पटकको म्याद सकिएपछि आज उनलाई अदालतमा उपस्थित गराइएको हो । यसअघि जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धानका लागि कात्तिक २० गते  १० दिनको समय दिएको थियो ।

लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध लगायतका मुद्दा छन् । उनीसँगै सहकारी ठगी मुद्दामा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि सम्भावित हिरासत म्याद थप गर्न अदालतमा पेश गरिएको छ ।

लामिछानेलाई पोखरामा अनुसन्धान सकिएसँगै बुटवल लैजाने तयारी गरेको छ । त्यहा पनि उनलाई सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update