मानव तस्करीको आरोपमा एमाले सांसद लिलाबल्लभ अधिकारी पक्राउ
काठमाडौं, कात्तिक २४ । मानव तस्करीको आरोपमा नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज विराटनगरबाट पक्राउ गरेको हो । अधिकारीलाई आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रूपमा जापानमा बसाइँ सरेको आरोप लागेको छ । जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको हो । उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय