Kath khabar
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

 

                   कास्की, कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

हिरासतको म्याद सकिएपछि लामिछानेलाई आज आइतबार अदालतमा उपस्थित गराईएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि उनलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो, त्यसपछि थप ७ दिन अनुसन्धानका लागि म्याद दिएको थियो । तेस्रो पटकको म्याद सकिएपछि आज उनलाई अदालतमा उपस्थित गराइएको हाे ।

लामिछानेलाई असोज १८ गते केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ गरी पोखरा लगिएको थियो । उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध लगायतका मुद्दा छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update