सरकारी वकिल कार्यालय रूपन्देहीमा रवि लामिछानेसँग बयान सुरु
रूपन्देही, कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगिएको छ । त्यहाँ सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन सुरु गरिएको छ ।
लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट भैरहवा लगिएको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना गरेको अभियोगमा गत कार्तिक ८ गते उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछाने भैरहवा पुग्दा लुम्बिनी प्रदेशका रास्वपाका समर्थकहरुले विमानस्थलमा भेला भएर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय