Kath khabar
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दायर


                  काठमाडौं, कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र केन्द्रीय कमिटी सदस्यसहित १० जनाविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर भएको छ ।

अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने र न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित कारबाहीका लागि सर्वोच्च अदालतमा निवेदन परेको थियो । अधिवक्ता अनुप भट्टराईले रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेका हुन् । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो ।

सहकारी ठगी र संगठित अपराध लगायतका अभियोगमा अनुसन्धानका लागि पार्टीका सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतमा छन् । मुद्दाको सुनुवाई नोभेम्बर १८ का दिन तोकिएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update