रवि लामिछानेलाई भैरहवाबाट पुनः पोखरा ल्याइयो
गण्डकी, कात्तिक ३० । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।
अनुसन्धानका सन्दर्भमा उहाँलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उहाँलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
---
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय