Kath khabar
बैकुण्ठ अर्यालले दिए पदबाट राजीनामा

 

                  काठमाडौं, मंसिर ३ । नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित केही उच्च पदस्थ व्यक्तिमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेपछि त्यसअघि नै उनले राजीनामा दिएका हुन् । उनको राजीनामा पत्रमा हस्ताक्षर गरी औपचारिक रुपमा प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको छ ।

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी पाएका अर्यालले आइतबार आयोगका कर्मचारीसँगको संक्षिप्त भेटवार्तापछि राजीनामा दिएका हुन् ।

उनको राजीनामा पत्रमा हस्ताक्षर गरी औपचारिक रुपमा प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको छ । राजीनामा स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update