Kath khabar
के तपाई साधारण शेयरमा लगानी गर्ने सोच्दै हुुनुहुन्छ ?

काठमाडौं, साउन १२ । साधारण शेयर (आईपिओ) मा लगानी गर्न खोज्नेहरुको लागि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्री प्रर्वन्धक प्रभुु क्यापिटल लिमिटेड मार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण शेयरको बिक्री खुल्ला गर्न लागेको हो ।

लगानीकर्ताहरुको लागि न्युनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको खरिद सिमा तोकिएको कम्पनीको शेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुुने छ । अधिकृत पुंजी तीन अर्ब तथा जारी पुंजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

बिक्री गरिने कुल शेयर मध्येमा पाँच प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात तीन लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुने छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update