काठमाडौं साउन १२ । मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) को बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले यही साउन २७ गतेबाट संस्थाले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रर्वन्धक नेपाल एसबिआई क्यापिटल रहेको संस्थाको शेयर बिक्री कार्य छिटोमा यही साउन ३१ गते र ढिलोमा भदौ नौ गते बन्द हुुने छ । लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको शेयर खरिद गर्न सक्ने सिमा तोकिएको संस्थाको अधिकृत पुंजी २० करोड रुपैयाँ रहेको छ । जारी पुंजी १० करोड ९३ लाख ७५ हजार तथा हाल चुक्ता पुंजी सात करोड रुपैयाँ रहेको संस्थाको साधारण शेयरको बिक्री पश्चात भने चुक्ता पुंंजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।