Kath khabar
घरेलु विधिबाट कसरी गर्ने स्क्रब ?

काठमाडौं साउन १२ । अनुहार सुन्दर र आकर्षक देखिनका लागि समय-समयमा अनुहार सफा गर्नु अति नै आवश्यक हुन्छ, जसमा अनुहारलाई स्क्रबिङ गर्नु जरुरी हुन्छ । स्क्रबले छालामा जमेको फोहोर हटाउने गर्दछ । तर सबै छाला एकै प्रकारका हुदैनन्, त्यसैले छालाको प्रकार अनुसारको स्क्रबिङ गर्नु आवश्यक हुन्छ । कस्तो छालामा कुन प्रकारको स्क्रबिङ गर्ने त ?

तैलिय छालाको लागि
एक अथवा दुई कप भिजेको चनालाई पिस्ने । पिसेको चनामा एक ठूलो चम्चा दहि अथवा पानी मिसाएर पेस्ट बनाउने । यो पेस्टलाई हल्का हातले अनुहारमा स्क्रब गर्ने, केहि क्षणपछि मनतातो पानीले अनुहार पखाल्ने । यसो गर्दा तपाईको तैलिय छाला सुन्दर हुन्छ, तर अनुहारमा साबुनको प्रयोग गर्नु हुदैन । एक अथवा दुई कप चामलको पिठोमा सानो टुक्रा मेवा लिएर मसिनो गरी पिस्ने र पिठोमा मिसाएर पेस्ट बनाउने । यसमा आधा कागतीको रस पनि राख्ने । त्यसपछि अनुहारलाई पानीले धोएर हल्का हातले स्क्रब गर्ने ।

सुख्खा छालाको लागि
भिटामिन ई समावेश भएको तेलमा एक थोपा कागतीको रस र एक थोपा ग्लिसिरिन मिसाउने, यसले केही समय अनुहारलाई मसाज गर्ने र मनतातो पानीले अनुहार पखाल्ने । एक दुई चम्चा बदामको धुलोमा एक चम्चा मह र एक चम्चा गुलाबजल मिसाएर अनुहारमा लगाउने र चिसो कपासको सहायताले अनुहार सफा गर्ने ।

सामान्य छालाको लागि
एक चम्चा महलाई थोरै थोरै गरेर चिनीमा मिसाउने । यो मिक्स गरेको पेस्ट स्क्रबको लागि उपयुक्त मानिन्छ । यसले हाम्रो छालामा भएको फोहोरहरु सब निकाल्ने गर्दछ । त्यसपछि यसलाई ५ मिनेटपछि लगाउँदा राम्रो हुन्छ ।

सामान्य छालाको लागि मसिनो चामलको पिठो एक चम्चा, बेसार थोरै मात्रामा राख्ने त्यसमा एक चम्चा काँचो दूध र आधी चम्चा बेसन राखेर राम्रोसित मिसाउने । १० मिनेटपछि अनुहार भिजाएर लगाउनुहोस् र सुकेपछि चिसो मनतातो पानीले पखालिदिनुस् । यि सबै विधिहरु हप्तामा २ देखि ३ दिनसम्म अपनाउन सक्नुहुन्छ ।      
    

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update